
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं। होस्टल व्यवसायी संघ नेपालको नयाँ नेतृत्वमा रेवती कुमार खड्का चयन हुनुभएको छ । संघको प्रथम सभाबाट खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
होस्टल व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको सो संघको वरिष्ठ उपाध्यक्षमा रुपाली पौडेल, उपाध्यक्षमा अल्पना कर्माचार्य , उपाध्यक्षमा अम्बिका कोइराला, महासचिवमा किरण शर्मा, सचिवमा हिरामणि गौतम र कोषाध्यक्षमा देवराज कंडेल र्निविरोध निर्वाचित भएका हुन् ।
संघको सदस्यहरुमा बालकृष्ण गौतम, रमा योगी, बिन्दिरा न्यौपाने, रचना ज्ञवाली, रेवत पोखरेल र महेश्वर सापकोटा चयन भएको संघको विज्ञप्तिमा उल्लेख छ ।
'होस्टलहरुलाई विद्यार्थी मैत्री बनाउने, विभिन्न जिल्लामा शाखा विस्तार गर्ने, सबै होस्टलमा सेवा तथा शुल्कको समानता ल्याउने, राज्यका सरोकारवाला निकायसँग समन्वय गराउने र सबै होस्टललाई स्थानीय निकायमा दर्ता गराउनुका साथै अनिवार्य प्यान लिन लगाउने संघको पहिलो प्राथमिकतामा परेको छ ।' संघमा निर्वाचित अध्यक्ष खड्काले भने, 'व्यवसायीलाई विभिन्न तालिम प्रशिक्षणको व्यवस्था गर्ने र बिद्यार्थीहरुको उत्प्रेरनामुलक कार्यक्रम संचालन गर्नेछौं ।'
त्यस्तै, संघका निवर्तमान अध्यक्ष चेतन दाहालले सबै होस्टल व्यवसायीहरुको हकहितमा संघ निरन्तर लागिरहने बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij