Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेपाल टी–२० लिग : फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै

नेपाल टी–२० लिग : फाइनल प्रवेशका लागि लुम्बिनी र जनकपुर खेल्दै

  •  काठमाडौं । नेपाल टी-२० लिगमा आजदेखि प्लेअफका खेलहरू सुरु हुने भएका छन् । आज अंक तालिकाका दुई शीर्ष टिम लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्स फाइनल प्रवेशका लागि खेल्दै छन् । यो क्वालिफायर्स मध्याह्न साढे १२ बजेदेखि सुरु हुँदैछ । लुम्बिनी १० खेलमा आठमा जित र दुईमा हारसहित १६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै जनकपुर १० खेलमा सात मा जित र तीन मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा छ ।

    images
    images
    images

    आजको विजेता टोली सिधैं फाइनल प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि सोमबार हुने एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ । सोमबार विराटनगर र काठमाडौंबीच एलिमिनेटर हुनेछ । मंगलबार दोस्रो क्वालिफायर्स र फाइनल खेल बुधबार हुनेछ ।

    विराटनगर सुपर किंग्स १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । काठमाडौं १० खेलमा चारमा जित र ६ मा हारसहित आठ अंकका साथ चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो ।

    यस लिगमा फार वेस्ट युनाइटेड १० खेलमा तीनमा जित र सातमा हारसहित पाँचौं स्थानमा रह्यो । पोखरा १० खेलमा तीनमा जित र सातमा हारसहित ६ अंकका साथ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij