
Apr 17 2025 | २०८२, वैशाख ४ गते
कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका ५३ वर्षीय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रहरीले हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई शुक्रवार अर्कै राज्यमा समाएको थियो । गोली चलाउने सन्दिग्ध २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । चार सन्तानका बाबु भेषराज कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij