
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ११ हजार बराबरको घुस लिएको पाइएको छ । गत असोज ३१ मा आयोगले यादवलाई कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।
अपरेटर यादवले दुई पटक गरी ११ हजार बराबरको घुस लिएको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij