Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सिटीले चेल्सीलाई हरायो

सिटीले चेल्सीलाई हरायो

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । बिहीबार राति चेल्सीको मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई १–० ले हराएको हो ।

    images
    images
    images

    भ्रमणकारी टोली सिटीका लागि रियाद माहारेजले निर्णयक गोल गरे । खेलको ६३ औं मिनेटमा अल्जेरियन खेलाडी माहारेजले गरेको गोलको मद्दतले सिटी विजयी भएको हो ।

    जितसँगै सिटीले अंक तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलसँग दुरी घटाएको छ । लिगमा १७ खेलबाट आर्सनलको ४४ अंक छ ।

    समान खेलबाट ३९ अंक जोडेको सिटी दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३५ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडको पनि ३५ अंक नैं छ । चेल्सी भने १७ खेलबाट २५ अंकसहित तालिकाको दशौं स्थानमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij