
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । फार वेस्ट युनाइटेडले नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाईट्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदान फार वेस्टले काठमाडौंलाई ८४ रनले हराएको हो ।
फार वेस्टले दिएको १९८ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनायो । काठमाडौंका लागि कमलसिंह ऐरीले २० रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले समान १७/१७ रन बनाउँदा सुनाम गौतमले १६ रन बनाए ।
फार वेस्टका लागि करण केसी,दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले समान २/२ विकेट लिए । त्यस्तै मिलण्डा सिरिबद्र्धने, प्रकाश जैशी र शेर मल्लले समान १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनायो ।
फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय पारी खेले । हसमतुल्लाहले ७६ रन बनाए । भण्डारीले ७३ रन बनाए । काठमाडौंका लागि बसिर अहमदले एकै दुई विकेट लिए । अविनाश बोहोराले १ विकेट लिए ।
फराकिलो जितसँगै फार वेस्टले प्लेअफ सम्भावना कायमै राखेको छ । लिगमा आठ खेलमा दुई जित हात पारेर ४ अंकका साथ तालिकाको पुछारमा छ । यता प्लेअफ सम्भावना कायमै रहेको काठमाडौं नौ खेलमा ८ अंकका साथ तालिकामा तेस्रो स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij