Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ देखि

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ देखि

  • काठमाडौं । ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डु (बिओक)को एकीकृत कारोबार यही पुस २५ देखि हुने भएको छ । दुवै बैङ्कले गत मंसिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भेरगाभिने (मर्जर)सम्बन्धी प्रस्ताव पारित गरेसँगै नेपाल राष्ट्र बैङ्कले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

    images
    images
    images

    राष्ट्र बैङ्कले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो। दुई बैङ्क मर्जरपछि ग्लोबल आइएमई बैङ्कका नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो । मर्जरपछि बैङ्कको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।

    ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डु १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैङ्क अफ काठमाण्डुको १०० कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैङ्कको १०० कित्ता शेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् बन्ने बैङ्कको चुक्ता पुँजी ३४ अर्ब ४१ रुपैयाँ करोड पुग्नेछ । बैङ्कको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैङ्कको निक्षेप तीन खर्ब ८० अर्ब ५२ करोड रुपैयाँ र कर्जा तीन खर्ब ६२ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् बैङ्कको शाखा सञ्जाल ३६५ र एटिएम ३२८ पुग्नेछन् ।

    मर्जरपश्चात् बन्ने बैङ्कको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०मा ग्लोबल आइएमई बैङ्कका सिइओ रत्नराज बज्राचार्य रहनेछन् । साथै मर्जरपश्चात् बैङ्क अफ काठमाण्डुका सिइओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ९डिसिइओ० बन्नेछन् । बैङ्कको सञ्चालक समितिमा ग्लोबल आइएमई बैङ्ककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैङ्क अफ काठमाण्डुकातर्फबाट दुईजना रहने सहमति भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij