Logo

Jun 13 2025 | २०८२, जेठ ३० गते

Jun 13 2025 | २०८२, जेठ ३० गते

बागमती प्रदेशमा ४ दिनभित्र सरकार गठन गर्न आह्वान

बागमती प्रदेशमा ४ दिनभित्र सरकार गठन गर्न आह्वान

  • काठमाडौं । वाग्मती प्रदेश प्रमुखले प्रदेशमा सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते दिउँसो ४ बजे भित्र प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेका हुन् ।

    images
    images
    images

    वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको हो ।

    images

    नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।

    वाग्मती प्रदेशमा ११० सांसदहरु छन् । नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।

    bagmati1672899159.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij