
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । गुल्मीमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका वडा नं. २ पीपलधाराकी ५२ वर्षीया शिवकला खनालको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।
खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको र निजको शवलाई बुधवार दिउँसो गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij