
Apr 17 2025 | २०८२, वैशाख ४ गते
पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्य रहेका छन् । २७ डिसेम्बर २०२२ का दिन आचार्यको निधन भएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची न.प वडा न. १२ मा जन्मिएका उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए । त्यस्तै उनी पछिल्लो समय काठमाडौंको तार्केश्वर ११ नेपालटारमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलले आचार्यको निधनप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ । परिवारको आग्रहमा आचार्यको शव नेपाल पठाउन लागिएको नेपाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष राजकुमार थापाले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij