
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । ग्लोबल आइएमई बैंकले १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले १६औँ वार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।
आफ्नो तर्फबाट उत्कृष्ट बैंक बनाउन योगदान गरेका सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन अध्यक्ष ढकालले आग्रह गरेका छन् ।
त्यस्तै बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij