
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैं । उपप्रधानमन्त्री तथा नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । आज बिहान सिंहदरबारमा भेटवार्ता भएको हो ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठ तथा राजदुत श्रीवास्तव बिच नेपाल र भारतको वर्षौँदेखिको मित्रतालाई प्रकाश पार्दै जनस्तरको सम्बन्धका तथा दुई देशबीचको द्विपक्षीय हित र विकासका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै भारतीय राजदूतले नेपालका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएकामा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेको बताइएको छ ।
भेटमा राजदूत श्रीबास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तो समेत दिएको मन्त्रीको सचिवालयले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij