Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल टी-२० लिग : आज दुई खेल हुँदै

नेपाल टी-२० लिग : आज दुई खेल हुँदै

  • काठमाडौँ । नेपाल टी-२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्स र काठमाडौँ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ ।

    images
    images
    images

    विराटनगरले यसअघिका ६ खेलमा २ वटा जितेको छ । विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा छ । ६ खेलमा ३ वटा जितेको काठमाडौँ ६ अंकसहित तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

    ७ खेल खेलेको लुम्बिनी ६ वटा जितेर १२ अंकका साथ तालिकाको र्शीषस्थानमा छ । समान खेलमा ५ वटा जितेको जनकपुर १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । पोखरा चौथो र फार वेस्ट पुछारमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij