
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । बलात्कारको आरोपमा कारागारमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई मनोविदको परामर्श दिन थालिएको छ ।
वरिष्ठ मनोविदले मानसिक रूपमा कमजोर बन्दै गएका लामिछानेलाई आजदेखि परामर्श दिएको बताइएको छ । मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा आवश्यक मानसिक परामर्श थालिएको स्रोतले बताएको छ । उनी मुद्दा पुर्पक्षको निम्ति काठमाडौं जिल्ला अदालतको आदेशपछि दुई महिनादेखि केन्द्रीय कारागार सुन्धारामा छन् ।
क्रिकेट प्रतियोगिताको क्रममा विदेश गएका उनीमाथि सो आरोप लागेको थियो । आरोप लागेको झण्डै एक महिनापछि स्वदेश फर्कने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गिरफ्तार भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij