
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । प्रहरीले चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले आइतबार राति चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दैको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij