
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । कास्कीमा आगलागीबाट निर्वतमान वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङ रहेका छन् ।
आगलागीबाट उनको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जनाएका छन् । आइतबार राति आगलागी नियन्त्रणमा लिएपछि उनको शव घरभित्र जलेको अवस्थामा फेला परेको उनले बताए । सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनी एक्लै कपडा पसल सञ्चालन गर्दै आएका थिए । उनका छोरा बुहारी गाउँकै अर्काे घरमा बसोबास गर्दैै आएको बताइन्छ । आगो के कारण लागेको सो यकिन गर्न भने सकिएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij