
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काठमाडौंको गोंगबुबाट प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा चितवन घर भएका ६६ वर्षीय होमनाथ ढकालले आफ्नो डेरामा जुवा खेलाएका हुन् ।
प्रहरीले होमनाथ ढकाल, मेघप्रसाद गुरुङ, बिना लामा, सुर्यबहादुर गुरुङ, राजु गुरुङ, चेमसङ गुरुङ, अमृत कार्की, रामचन्द्र राई र अन्जन मग्रातिलाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगन्जको टोलीले छापा मारेर १ लाख ६९ हजार बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij