Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

एमडीएमएस तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

एमडीएमएस तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री दाहालको निर्देशन

  • काठमाडौँ । विदेशबाट नेपालीले मोबाइल ल्याउँदा लाग्ने भन्सार तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिएका छन् ।

    images
    images
    images

    विदेशबाट आउने नेपालीले ल्याउने मोबाइलमा कडाइ गरिएको भन्दै उनले तत्काललाई उक्त व्यवस्था कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन् । विदेशबाट नेपालीले मोबाइल ल्याउँदा अहिले जस्तो प्रक्रिया चलिरहेको थियो सोही रहन दिन प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् । 

    एकथान मोबाइल ल्याएबापत सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नो–रेमिट्यान्स ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका थिए । सो विरोधसँगै एमडीएमएस लागु हुने निर्णय पनि प्रभावित भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij