
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गृहमन्त्रालयको सहयोग मागेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो । सो पत्रमा थापाथलीस्थित बागमती किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउन पटक पटक प्रयास भएको व्यहोरा खुलाएको छ ।
साथै यस्ता सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका यस्ता अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने पनि उल्लेख गरिएको छ । यसअघि उक्त बस्ती हटाउने क्रममा महानगर प्रहरीले सुकुम्बासीबीच झडपसमेत भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij