
Apr 17 2025 | २०८२, वैशाख ४ गते
ललितपुर । जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावेदनको माग गर्दै सन्दीप लामिछानेले उच्च अदालत, पाटनमा दिएको रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै लामिछानेले दिएको रिटमाथिको सुनुवाइ हुन नसकेको हो ।
उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको सुनवाइ हेर्न नभ्याइनेमा राखिएको छ ।
जिल्ला अदालत, काठमाडौंले गत कार्तिक १८ गते पूर्पक्षका लागि लामिछानेलाई थुनामा पठाएको थियो । बलात्कारको आरोपमा लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij