Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सन्दीपको पुनरावेदन मुद्दामा आज सुनुवाइ 

सन्दीपको पुनरावेदन मुद्दामा आज सुनुवाइ 

  • ललितपुर ।  जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदन मुद्दाको आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो ।

    images
    images
    images

    यसअघि गत पुस ७ का लागि पेशी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरू व्यस्त भएपछि पेशी सरेको थियो । आफूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।


    नाबालिग किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा लामिछाने थुनामा छन् । पीडित भनिएकी किशोरीको २ वटा जन्म दर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अदालतमा प्रमाण पेश गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।

    त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ । आजकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij