
Apr 17 2025 | २०८२, वैशाख ४ गते
भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको मृत्यु भएको छ । एक विज्ञप्ति जारी गर्दै उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको बताएको छ ।
मन्त्रालयले सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार बच्चाहरूलाई घरमा डाक्टरको प्रिस्क्रिप्शन बिना उनीहरूका आमाबाबु वा ओषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको छ ।
त्यस्तै, मानक डोजभन्दा बढी औषधि बच्चाहरूलाई दिइएको थियो । उक्त औषधि चिसो र फ्लुको लक्षण भएका विरामीको उपचार गर्न दिइने कम्पनिको वेबसाइटले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij