
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । कैलालीको अत्तरियाबाट नौ किलो ३४० ग्राम चरेससहित मंगलबार एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–७, काँडाका ३६ वर्षीय यमराज दौल्याल रहेका छन् ।
प्रहरीले उनलाई गोदावरी नगरपालिका–२, बसपार्कस्थित कलक जप्रेलले सञ्चालन गरेको नवीन होटेलबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई सो परिमाणको चरेससहित पक्राउ गरिएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij