
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैं । सरकारमा मन्त्री पठाउने विषयमा सीके राउत नेतृत्वको जनमत पार्टीको छलफल चलिरहेको छ । पार्टी कार्यालयमा चलिरहेको बैठकमा गैरसांसदलाई पनि मन्त्रीमा पठाउने छलफल भइरहेको छ ।
बैठकमा तीन विकल्पमा छलफल चलिरहेको छ । पहिलो जनमत पार्टीका अध्यक्ष राउत आफै पनि मन्त्री बन्ने, दोस्रो मन्त्रालय पाएको आधारमा त्यस क्षेत्रको विज्ञलाई पनि मन्त्री बनाउने नभए पार्टीको अन्य कुनै सांसद वा गैरसांसदलाई पनि मन्त्री बनाउने ।
जनमत पार्टीले दुइटा मन्त्रालयको माग गरेका छ । जनमतको चाहना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालय रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij