
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । चिकित्सक भन्ने बित्तिकै तपाई, हामी सबैको मतिष्कमा एउटै कुरा आउँछ । चिकित्सकलाई हामी भगवानको रुपमा हेर्छौं । गत मंगलबार ललितपुर प्रहरी परिसर जावलाखेल चोकमा एउटा रमाइलो घटना घटेको छ ।
मंगलबार मध्यरात ललितपुर प्रहरीको टोली नियमित गस्तीमा थिए । टोलीका ईन्चार्जको आँखा जावलाखेल चोकमा रोकिएको स्कुटरमा पुग्यो । प्रहरीलाई देख्ने बित्तिकै स्कुटर गुड्यो । स्कुटरको पछिल्लो सीटमा रहेकी महिलाले स्कूटर चढ्न पाएनन् । प्रहरीले ती महिलालाई रोकिहाल्यो ।
रातको समयमा भएको यो घटनाका सम्बन्धमा ती महिलासँग सोधपुछ गरे । कुराकानीमा प्रहरीलाई शंका लागेपछि स्कुटर चालकलाई बोलाउन लगाए, सोधपुछपछि कारण खुल्यो । ती जोडीले जावलाखेल पार्कमा फूल चोर्न आएका रहेछन् । महिलाको हात पछाडि लुकाएको फूल देखेपछि प्रमाण जुट्यो । परिसरका सोझा ईन्चार्जले ती महिला र पुरुषलाई जहाँबाट फूल चोरिएको हो, त्यही फूल रोप्न लगाए । ती जोडी ललितपुरको एक चर्चित अस्पतालमा कार्यरत चिकित्सक रहेको प्रहरी स्रोतले जनाएको छ । डा. पेशामा आबद्ध जोडीले आफ्नो पावरलाई भुलेर घरतिर फर्किए । पहिला त ती जोडीले प्रहरीसँगको बहसमा डिआईजीसम्मको पावर लगाउन भ्याएका थिए ।
भोलिपल्ट बिहानै ती प्रहरीको नाममा परिसरमा एउटा पार्सल आइपुग्यो । ती जोडीले कोसेलीको रुपमा पठाएको पार्सल केक थियो । इन्चार्जले पार्सल बुझेर खोलेपछि केकमा लेखिएको थियो, ‘प्रहरी मेरो साथी ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij