Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेप्से सूचक ५ अंकले घट्यो, कारोबार ८६ करोडमा सीमित

नेप्से सूचक ५ अंकले घट्यो, कारोबार ८६ करोडमा सीमित

  • काठमाडौं । हिजो १४ अंकले बढेको नेप्से सूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो ।

    images
    images
    images

    यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ ।

    ५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज एनआईसी एशिया बैंकको ११ करोड ८२ लाख २४ हजार रुपैयाँ बराबरको ६६७ कित्ता सेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ९५ लाख ८ हजार ९१५ रुपैयाँ बराबरको ८०७ कित्ता सेयर कारोबार भएको छ ।

    आज आधिखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनिहरुले १० प्रतिशतले कमाएका छन् भने श्रीजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनिहरुले ९.९९ प्रतिशतले कमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij