Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सिदार्थ नगरपालिकामा सूर्तीजन्य पदार्थ विक्री वितरणमा प्रतिबन्ध

सिदार्थ नगरपालिकामा सूर्तीजन्य पदार्थ विक्री वितरणमा प्रतिबन्ध

  • काठमाडौं । रुपन्देहीको सिदार्थनगर नगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका किराना र पान पसलमा पाइने गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थ बेचबिखनमा रोक लगाएको हो ।

    images
    images
    images

    यसको सेवनले जनस्वास्थ्यमा प्रतिकूल असर पार्नुको साथै त्यसबाट निस्किने फोहोरले नगरको सौन्दर्यतासमेत बिगारेकाले बिक्री वितरणमा रोक लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडे्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    व्यवसायीलाई यस्ता हानिकारक वस्तुको बिक्री रोक्न ३५ दिनको म्याद दिइएको छ । सो अवधि पश्चात् पनि ती वस्तु बेचेको पाइएमा प्रत्येक पटक ५ हजार रुपैयाँ जरिवाना तिराउने नगरपालिकाको चेतावानी दिइएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले सूर्तीजन्य पदार्थको बिक्री वितरणको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij