
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसोले पानीका धारामा हिउँ जम्न थालेको छ । यो वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो ।
रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ । सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ । बाल्टिनलगायत अरू भाँडामा जम्मा गरेर राखेको पानी समेत जमेर हिउँमा परिणत हुन थालेको सिमकोटका स्थानीयवासी माया लामाले बताइन् । दिउँसो घाम लागेपछि मात्र जमेको हिउँ पग्लिने गरेको छ ।
यस्तै, उत्तरी चीनको सीमानाका हिल्सामा होटेल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी बस्दै आएका छन् । चिसो बढ्दै गएपछि हिल्सा प्रहरीचौकीका सुरक्षाकर्मी यसअघि नै सदरमुकाम फिर्ता भएका थिए । सशस्त्र प्रहरी मात्र सीमा सुरक्षामा रहँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij