Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एलन मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिने

एलन मस्कले ट्वीटरको सीईओबाट राजीनामा दिने

  • काठमाडौं । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने भएका छन् । आज बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने बताएका छन् ।

    images
    images
    images

    यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए ।


    आफ्ना १२ करोड २० लाख फलोअर्स माझ यस्तो प्रश्न तेर्स्याउँदै मस्कले मत सर्वेक्षणबाट आउने परिणामलाई पालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । उक्त मत सर्वेक्षणमा १ करोड ७५ लाख २ हजार ३ सय ९१ लाखले मतदान गरेका छन् । तीमध्ये ५७ प्रतिशतले राजीनामा दिनुपर्छ भन्ने पक्षमा र ४३ प्रतिशतले पर्दैन भन्ने पक्षमा मतदान गरेका थिए । आफ्ना फलोअर्सको आग्रहलाई आफूले स्वीकार गरेको पनि मस्कले उल्लेख गरेका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij