
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज काठमाडौंबाट साइकल चढेर बंगलादेशको राजधानी ढाका पुगेका छन्।काठमाडौंबाट हिँडेको ९ दिनमा उनी ढाका पुगेको उनले सामाजिक सञ्जालमा जानकारी दिएका छन्।
भारतको बाटो हुँदै १ हजार २५ किलोमिटर पार गरेर उनी बंगलादेश पुगेका हुन्। ढाकामा उनलाई बंगलादेशस्थित जर्मन राजदूतले स्वागत गरेका छन्। उनले ट्विटरमा लेखेका छन् ‘यी ९ दिन निकै गज्जब थिए जुन म कहिल्यै बिर्सन सक्दिनँ,’ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij