
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी आज तोलामा १० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ ।
शुक्रवार सुन तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij