
Apr 19 2025 | २०८२, वैशाख ६ गते
अमेरिकाको एट्लान्टामा भएको गोलीबारीमा दुई किशोरको गोली हानी हत्या गरिएको छ । उक्त घटनामा तीन नाबालिग घाइते भएका छन् । एटलान्टा प्रहरीका अनुसार सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको हो ।
बेलुका ५ बजेपछि सहरको दक्षिण पश्चिममा रहेको कम्प्लेक्समा सो घटना भएको अधिकारीहरूले जनाएका छन् । जसमा गोली लागेका पाँच जना भेटिएको छ भने दुई जना घटनास्थलमै मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १४ र १६ वर्षका किशोर रहेका छन् । ११ र १५ वर्षका किशोर र १५ वर्षकी किशोरी घाइते छिन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij