Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

शिवम् सिमेन्टले घोषणा गर्‍यो लाभांश

शिवम् सिमेन्टले घोषणा गर्‍यो लाभांश

  • काठमाडाैं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) लाभांश दिने घोषणा गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    प्रस्तावित उक्त लाभांश कम्पनीको आगमी सातौं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा समेत बोलाएको छ ।

    AGNI GROUP

    सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ। पुस १९ गतेसम्मका कायम सेयरधनीरूले मात्र लाभांश तथा साधारण सभामा भाग लिन पाउँनेछन्।

    गत वर्ष भने कम्पनीले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत वर्षकाे तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij