
Apr 14 2025 | २०८२, वैशाख १ गते
हेटौडा । वागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको परिसरमा नवनिर्मित क्वार्टर गार्ड, प्रशिक्षार्थी ब्यारेक र भान्साघर भवनहरुको आईजीपी धिरज सिंहले उद्घाटन गर्नु भएको छ । प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूबाट प्राप्त हुने सेवासुविधाका कारण प्रशिक्षण वातावरण थप ऊर्जामय हुने विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरुप्रति अपनत्वको भाव राखेर दीर्घकालसम्म उचित संरक्षण र संवर्द्धनमा सहयोग गर्नुहुन उपस्थित सबैलाई उनले अनुरोध गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij