Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मादक पदार्थ सेवन गरी विवाद हुँदा एक जनाको हत्या

मादक पदार्थ सेवन गरी विवाद हुँदा एक जनाको हत्या

  • काठमाडौँ । मादक पदार्थ सेवन गरेर विवाद हुँदा संखुवासभामा एक जनाको हत्या भएको छ । खादबारी नगरपालिका-९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३६ वर्षीय देबेन्द्र कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरुबीच वादविवाद भई देवेन्द्रले ढुङ्गा प्रहार गर्दा अमल कुमाल घाइते भएका थिए । घाइते भएका अमल कुमालको मंगलबार राति जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij