Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फिल्म ‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनित

फिल्म ‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनित

  • दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको छ । यो मनोनयन सर्वोत्कृष्ट गैर अंग्रेजी चलचित्रको विधामा दिइएको हो । सन् २०२३ को जनवरीमा हुने गोल्डेन ग्लोब अवार्डको यो वर्गका लागि विश्वभरका ५ फिल्म दौडमा छन् ।

    images
    images
    images

    हिन्दी फिल्म गंगुबाई काठियावाडी, कन्नड फिल्म कान्तारा र ओस्कार चेलो शोमा भारतको आधिकारिक प्रवेश पनि यस दौडमा थिए तर, आरआरआरले मात्र मनोनयन पाएको थियो ।

    यस विधामा मनोनित भएका अन्य चार फिल्महरू ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ (जर्मनी), ‘अर्जेन्टिना १९८५’ (अर्जेन्टिना), ‘क्लोज’ (बेल्जियम) र ‘डिसिजन टु लीभ’ (दक्षिण कोरिया) हुन् ।

    आरआरआरलाई निर्माताहरूले स्वतन्त्र प्रविष्टिको रूपमा ओस्करमा पठाएका छन् । आरआरआर दक्षिण भारतका दुई स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लुरी सीताराम राजुको कथामा आधारित छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij