Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

मेलम्ची खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध

मेलम्ची खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध

  • काठमाण्डाै । मेलम्ची खानेपानीको पानी वितरणका पाइप फुट्दा काठमाण्डौसडक अवरुद्ध भएको छ । उपत्यकाका विभिन्न ठाउँमा पाइप फुट्दा सर्वसाधारणले सास्ती भोग्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । 

    images
    images
    images

    आज लैनचौरमा पाइप फुटदा सडकको केही भागसमेत बगेको छ भने जलगम्न हुँदा पैदल यात्रुलाई हिँड्न समस्या भएको छ । पाइप फुट्दा सडकसमेत भत्किएकाले लैनचौर भएर चल्ने गाडीसमेत प्रभावित भएका छन् ।

    खानी तथा भूगर्भ कार्यालयको अगाडि ठूलो पाइप फुट्दा त्यहाँको पानी कान्तिपथसम्म पुगेको छ । मेलम्चीको पानी शुक्रवारदेखि वितरण हुन थालेको हो तर पानीको बहाव धान्न नकसेर ठाउँ–ठाउँमा पाइप फुटेका छन् ।

    पाइप फुटेर समस्या देखिएका ठाउँमा समाधानको पहल भइरहेको मेलम्ची खानेपानी आयोजना र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले संयुक्तरूपमा काम गरेको दाबी गरेका छन् । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij