Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रोजगारीका लागि जापान पठाउने भनी ३ बर्ष कुराउने म्यानपावर कारबाहीमा

रोजगारीका लागि जापान पठाउने भनी ३ बर्ष कुराउने म्यानपावर कारबाहीमा

  • काठमाण्डौ । वैदेशिक रोजगार विभागले रोजगारीको लागि जापान पठाइदिने भन्दै तीन वर्षसम्म कुराउने एक म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

    images
    images
    images

    पैसा र पासपार्ट बुझाएको तीन बर्षसम्म पनि जापान नपठाएको उजुरीको आधारमा काठमाण्डौको डिल्लीबजारमा रहेको सूर्य कर्पोरेशन प्रालीलाई विभागले कारबाही गरेको हो ।

    जापानसहित क्यानडा, अमेरिका लगायत देशमा पठाइदिने भनी सो म्यानपावरले संकलन गरेका ८० थानभन्दा बढी पासपोट र अन्य कागजारहरु बरामद गरेको विभागले जनाएको छ ।  

    अनुगमनको क्रममा उक्त म्यानपावर कम्पनीका कर्मचारीलाई प्रहरीको जिम्मा लगाई आवश्यक कारबाही थालिएको विभागबाट जारी सूचनामा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij