
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । गोंगबुबाट अवैध लागुऔषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले मगरको कोठामा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij