
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा स्थानीय दुई जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय विनोद खत्री र २४ वर्षीय नवीन चौधरी रहेका छन् । स्थानीय सेहरी जंगलमा चार दिनअघि बालिकामाथि सामूहिक बलात्कार भएको आरोप छ ।
बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र आरोपितको जिल्ला अदालतबाट म्याद थप भएर प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij