
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ५ झुवानीटोल बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
सर्वसाधारणलाई ठगी गर्ने अभिप्रायले उक्त ब्यूरोको नक्कली फेसवुक पेज बनाउने उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij