
Apr 10 2025 | २०८१, चैत २८ गते
सिरहा — लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् । शल्यक्रियाका क्रममा सुत्केरीको मृत्यु भएको हो । प्रसूति गराउन डिभाइन हेल्थ केयर अस्पताल लगिएकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू बेपत्ता भएको महिलाका आफन्तले बताएका छन् । नवजात शिशु भने सकुशल छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij