Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

राजस्व चुहावटको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर

राजस्व चुहावटको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर

  • काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छलेर विदेशी ब्राण्डका चुरोट, गुट्खा लगायतका वस्तु नेपाल भित्र्याएर बिक्री गर्ने एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटको आरोपमा पर्सा सखुवा पर्सौनी ३ का नवराज शर्मा भनिने छवीलाल अगस्तीविरुद्ध मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    अगस्तीविरुद्ध विभागले २ करोड १६ लाख बिगो माग दाबी गरेको छ । अगस्तीले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात बिना सो कार्य गरेको विभागको आरोप छ । उनले कानुनबमोजिम सरकारलाई बुझाउनुपर्ने राजस्व छलेको विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij