
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । सुनसरीमा नेकपा एमालेले निकालेको बिजय जुलुसमा ढुंगा प्रहार भएको छ । दुहवी ९ मा एमालेले निकालेको विजय जुलुसमाथि ढुंगा प्रहार भएपछि छाताबेलीमा झडपसमेत भएको छ ।
प्रतिनीधि सभा सदस्य भगवती चाैधरी प्रदेश सभा सदस्य रोहितबहादुर कार्कीसहित निकालिएको विजय र्यालीमाथि आक्रमण भएको प्रहरी नायब उपरिक्षक खगेन्द्र खड्काले बताए ।
ढुंगा प्रहारबाट लालमोहम्वद रैन, कुर्वान मियाँ, तवरेज आलम घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij