
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडाैँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा अवैधरूपमा अतिक्रमण गरी बनाएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ। बुधबार सूचना जारी गर्दै प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो।
तोकिएको समयभित्र नहटाए काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ काे दफा ८ बमाेजिम संरचना हटाउँदा वा भत्काउँदा लागेको सम्पूर्ण लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकरणले चेतावनीसमेत दिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij