Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

टिकटक 'लाइभ' गर्दै ट्रक चलाउने चालक कारबाहीमा

टिकटक 'लाइभ' गर्दै ट्रक चलाउने चालक कारबाहीमा

  • काठमाण्डाै । ट्रक चलाउँदै टिकटक 'लाइभ' गर्ने एक जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

    images
    images
    images

    एनआरबी नाम गरेका प्रयोगकर्ताले चितवनबाट काठमाण्डौका लागि छुटेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालकले टिकटक लाइभ गर्दै गाडी चलाएको भनेर ट्विटरबाट ट्राफिक प्रहरीलाई उजुरी गरेका थिए ।

    यसरी टिकटक लाइभ गर्दै गाडी चलाउदा जतिबेला नि दुर्घटना हुन सक्ने उजुरीका आधारमा  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्रक चालकलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा मनोजकुमार श्रेष्ठ रहेका छन् ।  

    ट्रक चालक श्रेष्ठलाई जरिबाना र सचेतना कक्षासमेत दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij