Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख आईजीपी धिरजप्रताप सिंहलाई बालुवाटार बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष धन्यवाद दिएका छन् ।
प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीले शान्ति सुरक्षाको व्यवस्थापनमा उत्कृष्ट कार्यशैली प्रदर्शन गर्नुका साथै नेपाल प्रहरीले निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल मानिएका जिल्लाहरूमा कुनै अप्रिय घटना नभएको शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको भन्दै प्रधानमन्त्री देउवाले आईजीपी धिरजप्रताप सिंहलाई विशेष धन्यवाद दिएका हुन् ।
आईजीपी धिरज सिंहले प्रहरी कर्मचारीहरूलाई दिनुभएको कडा निर्देशन र चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि कुनै अप्रिय घटना हुन पाएन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij