
Apr 19 2025 | २०८२, वैशाख ६ गते
चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा १०’ को विजेता ८ वर्षीय गुञ्जन सिंह घोषित भएकी छन् । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कारको रुपमा प्राप्त गरेकी छन् ।
विजेता बनेपछि गुञ्जनले अब डान्ससँगै पढाइ पनि अगाडि बढाउने बताइन् । गुञ्जन आफुले शोबाट जितेको रकमबाट बुबालाई कार उपहार दिने भनेकी छन् ।
पहिले गुञ्जन टिभी हेरेर नाच सिक्ने गर्थिन् । पछि उनका बाबुले नृत्यप्रतिको लगाव देखेपछि डान्स एकेडेमीमा भर्ना गरिदिएका थिए । उनले देखाएको हिप हप, लकिङ, ज्याज लगायतका विभिन्न नृत्य दर्शक र निर्णायकहरूले मन पराएका थिए । अन्तिममा ‘झलक दिखला जा १०’ को विजयी बन्न सफल भइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij