
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । चितवनको टाँडीमा बम विस्फोट भएको छ । विस्फोटले स्थानीयहरु हताहत भएका छन् । अनलाइन पत्रिकाका सहकर्मी निरंजन आचार्यका अनुसार तीनवटा बममध्ये एउटा बम पड्कििएको र दुई वटा बम डिस्पोज गरिएको छ । टाँडीमा निर्माण हुँदै गरेको पुलमा झुण्डाइएको बमलाई सडकमा रहेको डिभाइडरमा राखेर पड्काइएको बताईन्छ ।
सुरक्षा स्रोतका अनुसार ठूलो आवाजमा पड्किएको बमले कुनै मानवीय क्षति चाहिँ भएको छैन । स्रोत भन्छ, ‘प्रारम्भिक अनुसन्धानमा विप्लवका कार्यकर्ताहरुले बम विस्फोट गराएको हुनसक्ने अनुमान गरिएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij