
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बर्दियाको बढैयाताल गाउँपालिका–७ स्थित कर्णालीपुरबाट लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । प्रहरीले मधुवन नगरपालिका–८ बस्ने २४ वर्षीय कृष्ण थारु र २५ वर्षीय गणेश चौधरीलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ३ ग्राम १ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भे.१२ प ६३७९ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक कृष्ण र मोटरसाइकलमा सवार गणेशको साथमा हेरोइन भेटिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij